Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

साउन महिनामा ह्वात्तै घट्यो मूल्यवृद्धि

साउन महिनामा ह्वात्तै घट्यो मूल्यवृद्धि


  • 1.0K
    Shares

    • images
    साउन महिनामा ह्वात्तै घट्यो मूल्यवृद्धि

    काठमाडौं । साउन महिनामा मूल्यवृद्धि ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । 

    समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले नकारात्मक छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । 

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको राष्ट्र बैंकले जानाकारी दिएको छ।

    गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ ।

    यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६५ प्रतिशत तथा सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७० प्रतिशतले बढेको छ । 

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेस प्रदेशको १.८६ प्रतिशत, बागमती प्रदेशको १.६७ प्रतिशत, गण्डकी प्रदेशको १.०३ प्रतिशत, लुम्बिनी प्रदेशको १.३५ प्रतिशत, कर्णाली प्रदेशको १.७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ । 

    समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १२:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij