२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाका सबुतहरू जुटाउने क्रममा सोमवार मध्याह्नसम्म २५ हजारभन्दा धेरै सामग्रीहरू प्राप्त गरेको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।
प्रहरी नायव महानिरीक्षक घिमिरेले सबुतहरू जुटाउने क्रमलाई आफ्नो सुरुवाती कदम बताउँदै त्यो भविष्यमा गठन हुने छानबिन समितिका लागि सहित आफैलाई 'कानुन बमोजिम कारबाही गर्नका लागि अत्यावश्यक सामग्री'का रूपमा प्रहरीकै अनुसन्धानमा प्रयोग हुने बताए।
'पछि छानबिन सहज होस् भनेर अहिले हामीले प्रमाणहरू सङ्कलन गरिरहेका हौँ' प्रवक्ता घिमिरे भन्छन्। 'अहिले नै प्रहरीको आह्वान बमोजिम कतिपय कुराहरू नजिकका प्रहरी कार्यालयमा बुझाइराख्नु समेत भएको छ जसलाई हामीले रेकर्ड राखेर छाड्ने गरेका छौँ।'
प्रहरीले भदौ चौथो साताको सुरुमै भएका उक्त घटनापछि गोपनीयता कायम राखिने भन्दै उपलब्ध प्रमाणहरू पठाएर सघाउन बारम्बार आह्वान गर्दै आएको छ।
एकजना पूर्वगृहसचिव उमेश मैनाली यस्तै अवस्थाका विगतका घटनामा अनुसन्धान भएर पनि राजनीतिक अर्थ लगाएरू कारबाही नभएको अवस्था औँल्याउँदै प्रहरीले आँट गरेमा यस पटक अपराधमा संलग्नहरूलाई कारबाही गर्न सकिने बताउँछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij