२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि शेयर जारी गरिएको छ।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर (१४ करोड ५२ लाख रुपैयाँ बराबर) निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।
त्यसैगरी, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।
बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ छ । सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।
आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गते तोकिएको छ। तर, तोकिएको म्यादभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिन सक्ने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij