Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?


  • 1.2K
    Shares

    प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?
    images

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताए।

    सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताए। उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताए। यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बताए। 

    नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । उनले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरे । उनले यसप्रकारको घटना पहिलो पटक भएको पनि बताए। उनले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरे । उनले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गरे। उनले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिए। 

    उनले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताए। जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १४:४४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij