Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ


  • 792
    Shares

    हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ
    images

    काठमाडौं । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान हेटौँडा-१ बुद्धचोकमा उपमेयर बानियाँमाथि आक्रमण भएको हो ।

    आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले हातपातमा संलग्न हेटौँडा-२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरिएको बताएका छन् ।

    आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाकोबारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १४:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij