Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी आन्दोलनमा लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह

जेनजी आन्दोलनमा लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह


  • 1.1K
    Shares

    • images
    जेनजी आन्दोलनमा  लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह

    काठमाडौं । जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन सेनाले आग्रह गरेको छ। 

    सेनाले बुधबार एक सूचना जारी गर्दै बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    ‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ।’

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ११:५६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij