२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाएका छन् ।
आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ। सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij