२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने एमालेले आशङ्का गरेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।
‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भने– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ ।’
आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । आन्दोलनकारीहरू संसद् भवनभित्रै प्रवेश गर्ने, संसद् भवनको पर्खाल भत्काउने गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जनाको निधन भएको छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि आन्दोलनकारी हटेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij