Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आज खग्रास चन्द्रग्रहण लाग्दै, फल कुन राशिलाई कस्तो ?

आज खग्रास चन्द्रग्रहण लाग्दै, फल कुन राशिलाई कस्तो ?


  • 596
    Shares

    आज खग्रास चन्द्रग्रहण लाग्दै, फल कुन राशिलाई कस्तो ?
    images

    काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।

    जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ । आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ ।

    साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

    शास्त्रीय मान्यताअनुसार आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

    चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।

    चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?

    मेष– लाभ
    वृष– सुखम्
    मिथुन– माननाश
    कर्कट– कष्टम्
    सिंह– स्त्रीपीडा
    कन्या– सौख्यम्
    तुला– चिन्ता
    वृश्चिक– व्यथा
    धनु– श्रीप्राप्ति
    मकर– क्षति
    कुम्भ– घात
    मीन– व्यय 

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ०९:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij