Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

'मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस' मनाइँदै

'मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस' मनाइँदै


  • 645
    Shares

    'मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस' मनाइँदै

    काठमाडौं । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै छ।

    यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले हरेक प्रकारको मानव बेचबिखन विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन्।

    'मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो, यो सामाजिक रूपमा निन्दनीय, कानुनी रूपमा दण्डनीय छ। समाजको कलङ्कको रूपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नका साथै मानव बेचबिखन तथा ओसारपसार पीडित तथा प्रभावितहरूको उद्धार, पुनःस्थापना, मनोपरामर्श सेवा तथा कानुनी उपचारका लागि नेपाल सरकारद्वारा विभिन्न कानुनी संरचनागत र संस्थागत प्रयास भइरहेका छन्,' सन्देशमा मन्त्री सुडीले भनेका छन्। 

    images
    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - ११:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij