Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादी निर्णय

सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादी निर्णय


  • 407
    Shares

    सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादी निर्णय
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सडक संघर्ष गर्दाखेरि हामीले तात्कालीन कार्यनीतिक सवालहरुलाई पनि उठाएर लैजाने, रणनीतिक विषयहरूलाई पनि उठाएर लैजाने । 

    अर्थात संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने ।’

    प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनस् सुरु गर्ने निर्णय समेत गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १६:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij