Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु

झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु


  • 470
    Shares

    झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु
    images

    काठमाडौं । झुम्का कारागारमा दुई सातामा चार कैदीको मृत्यु भएको छ । कारागारमा भाइरल ज्वरोले धेरै कैदीबन्दी बिरामी परेका छन् । एकैपटक धेरै कैदी बिरामी भएपछि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार राति चिकित्सकको टोलीले साढे ३०० भन्दा धेरै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको जानकारी दिए । "भाइरल ज्वरो र कतिपयमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उपचार र परीक्षण जारी छ," उनले भने ।

    मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज-८ का ४६ वर्षीय जलेश्वर यादव रहेका छन्। अचानक बिरामी परेका कैदीबन्दीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको जेल प्रशासनले जनाएको छ ।

    बिरामी पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, ठगी, लागुऔषधलगायत विभिन्न मुद्दामा सजाय काटिरहेका कैदी छन् । उनीहरूको अवस्था अहिले स्थिर रहेको प्रशासनले जनाएको छ ।

    उपचाररत कैदीहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, धरानबाट प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा १५ जना प्रहरी टोली खटाइएको छ ।

    यसअघि, बुधबार साँझ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो । उनी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । अचेत भएपछि अस्पताल ल्याइएको यादवलाई डाक्टरले बुधबार साँझ ६:११ बजे मृत घोषणा गरेका थिए ।

    त्यसअघि, धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको उपचारका क्रममा मृत्यु भइसकेको छ । उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

    झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’मा हाल एकहजार ७९४ कैदी छन् । पछिल्ला घटनाले कारागारमा स्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न उठाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij