Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु

झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु


  • 1.6K
    Shares

    • images
    झुम्का कारागारमा फेरि अर्का कैदीको मृत्यु, दुई सातामा चार जनाको मृत्यु

    काठमाडौं । झुम्का कारागारमा दुई सातामा चार कैदीको मृत्यु भएको छ । कारागारमा भाइरल ज्वरोले धेरै कैदीबन्दी बिरामी परेका छन् । एकैपटक धेरै कैदी बिरामी भएपछि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार राति चिकित्सकको टोलीले साढे ३०० भन्दा धेरै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको जानकारी दिए । "भाइरल ज्वरो र कतिपयमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उपचार र परीक्षण जारी छ," उनले भने ।

    मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज-८ का ४६ वर्षीय जलेश्वर यादव रहेका छन्। अचानक बिरामी परेका कैदीबन्दीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको जेल प्रशासनले जनाएको छ ।

    बिरामी पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, ठगी, लागुऔषधलगायत विभिन्न मुद्दामा सजाय काटिरहेका कैदी छन् । उनीहरूको अवस्था अहिले स्थिर रहेको प्रशासनले जनाएको छ ।

    उपचाररत कैदीहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, धरानबाट प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा १५ जना प्रहरी टोली खटाइएको छ ।

    यसअघि, बुधबार साँझ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो । उनी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । अचेत भएपछि अस्पताल ल्याइएको यादवलाई डाक्टरले बुधबार साँझ ६:११ बजे मृत घोषणा गरेका थिए ।

    त्यसअघि, धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको उपचारका क्रममा मृत्यु भइसकेको छ । उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

    झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’मा हाल एकहजार ७९४ कैदी छन् । पछिल्ला घटनाले कारागारमा स्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न उठाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij