Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

दर्ता नभए सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्: प्रधानमन्त्रीका सल्लाहकार रिमाल

दर्ता नभए सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्: प्रधानमन्त्रीका सल्लाहकार रिमाल


  • 260
    Shares

    दर्ता नभए सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्: प्रधानमन्त्रीका सल्लाहकार रिमाल
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुनसक्ने बताएका छन् । 

    “सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्,” रिमालले फेसबुकमा लेखेका छन्, “लतकैरूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।”  

    सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः सबैको लत बनेको उनले बताएका छन् । “प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटसमार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ,” रिमालले लेखेका छन्, “यस्तो लाग्छ, केही गरी यी प्लेटफर्महरू बन्द भयो भने के होला ?” 

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १२:००:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij