२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक कारणले अवरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ ।
कम्पनीका अनुसार प्राविधिक समस्या समाधान भइसकेको र सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको हो।
ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij