Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल

सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल


  • 344
    Shares

    सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाए।

    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाए । उनले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाए। उनले  पार्टीका नेताहरुका डीपफेक भ्वाइस रेकर्डहरु प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराए । उनले संवैधानिक आयोगहरू दलगत प्रभावमा परेर निष्क्रिय पारेको आरोप पनि लगाए। 
     
    उनले भने, ‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं । हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन । अझ सत्तापक्षका सांसदहरुले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ । कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरु लाइरहनु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि र हाम्रा बहसहरु सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ । म यो शैली र चरित्रको निन्दा गर्न चाहान्छु । यो शैलीले लोकतन्त्र बलियो बन्दैन । आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको छ । त्यसकारण लोकतन्त्र माथि उठ्न सकेको छैन ।  जनताले हिसाब राखेका छन् । २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ । ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु २०८४ पछि उठेर काम गर्न थाल्छन् ।’

    २०८४ मा जनताले लोकतन्त्र सक्रिय बनाउनको लागि आवश्यक निर्णय गर्ने उनको जिकिर रहेको छ । 

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १३:४३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij