Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

“पठाओ दशैं महोत्सव–२०८२” सुरु, तीन जनालाई मोटरसाइकल जित्ने अवसर

“पठाओ दशैं महोत्सव–२०८२” सुरु, तीन जनालाई मोटरसाइकल जित्ने अवसर


  • 253
    Shares

    “पठाओ दशैं महोत्सव–२०८२” सुरु, तीन जनालाई मोटरसाइकल जित्ने अवसर
    images

    काठमाडौं । पठाओ नेपालले “पठाओ दशैं महोत्सव-२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुने भएको छ।

    यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । दशैं महोत्सव अहिलेका लागि काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ।

    महोत्सव अवधिभर चालकहरूलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुने भएको छ भने जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । 

    महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन्। यसका लागि सहभागिहरूले २१ दिनभित्र कम्तीमा १७० राइडरडेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने शर्त तोकिएको छ।

    यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि निस्शुल्क दर्ता सुविधा पनि उपलब्ध रहेको छ । 

    पठाओ नेपालले दशैं महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij