२०८२ भाद्र १७ गते मंगलवार
गोरखा । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १७ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने ४ जना अन्य अस्पतालमा रिफर गरिएका छ ।
२१ जना घाइतेहरुको नामावली
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij