Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

यामाहा नेपालद्वारा गोरखामा नयाँ ३ एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा गोरखामा नयाँ ३ एस शोरुमको उद्घाटन


  • 288
    Shares

    यामाहा नेपालद्वारा गोरखामा नयाँ ३ एस शोरुमको उद्घाटन
    images

    काठमाडौं । यामाहा नेपालले गोरखा-०६ मा अवस्थित आफ्नो नयाँ ३ एस फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेको छ।

    यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए।

    अत्याधुनिक पूर्वाधार र समर्पित टोली सहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो ३ एस अनुभव एउटै छाना मुनि उपलब्ध गराएको छ।

    उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय FZ र MT श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन्।

    यस नयाँ शो रुम को उद्घाटन र नयाँ FZ र MTभेरियन्टको लन्च सँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ।अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहा का सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन्।

    एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबै भन्दा विश्वासिलो दुई(पांग्रे ब्रान्ड मध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १४:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij