Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

एनआईएमबी एस क्यापिटल पायोनियर ल असोसिएट्स र इक्रा नेपालद्वारा ‘रोड टु आइपीओ’ कार्यक्रम सम्पन्न

एनआईएमबी एस क्यापिटल पायोनियर ल असोसिएट्स र इक्रा नेपालद्वारा ‘रोड टु आइपीओ’ कार्यक्रम सम्पन्न


  • 358
    Shares

    एनआईएमबी एस क्यापिटल पायोनियर ल असोसिएट्स र इक्रा नेपालद्वारा ‘रोड टु आइपीओ’ कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल असोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल अलफ्ट काठमाडौं मा “रोड टु आइपीओ” नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको थियो ।

    उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । 

    कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए । 

    पायोनियर ल असोसिएट्सका म्यानेजिङ पाट्नर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।

    एनआईएमबी एस क्यापिटलका डिसिईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे । यसका अतिरिक्त इक्रा नेपालका रेटिङ डिभिजनका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे । 

    यस पहलकदमी मार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल असोसिएट्सले वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पूनः पुष्टि गरे ।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:४०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij