२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् ।
कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ । यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।
कसले कति पाए ?
पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्त
चौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँ
सेकेण्ड रनरअप (तेस्रो)–दर्शना गान्धारी, ५ लाख रुपैयाँ
फस्ट रअनरअप (दोस्रो)–बबिता थापामगर, १० लाख रुपैयाँ
विजेता–गंगा सोनाम, २५ लाख रुपैयाँ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij