Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लगातार बढ्यो सुनको मूल्य, दिनदिनै नयाँ रेकर्ड

लगातार बढ्यो सुनको मूल्य, दिनदिनै नयाँ रेकर्ड


  • 428
    Shares

    लगातार बढ्यो सुनको मूल्य, दिनदिनै नयाँ रेकर्ड
    images

    काठमाडौं ।  प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ पुग्योको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

    यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो । 

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १०:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij