२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय श्यामकृष्ण भण्डारी र २९ वर्षीय सुजन भारती रहेका छन् ।
मानव बेचबिखन ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले उनीहरूलाई महेन्द्रनगर र पर्साबाट पक्राउ गरिएको बताएका छन् ।
उनीहरू लामो समयदेखि भारतमा बसेर नेपालका युवती युवतीको मिर्गौला तस्करीमा संलग्न थिए । पङ्गेनीले भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारती वीरगञ्जको पर्साबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार उनीहरू भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् । उनीहरू लामो सयमदेखि नयाँ दिल्ली स्थित लाजपतमा बसेर मिर्गौला तस्करी गर्दै आएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । श्यामकृष्णले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij