Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन


  • 1.3K
    Shares

    भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । 

    आईतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने बताएका हुन् । अध्यक्ष लिङदेनले आफूहरुले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम  गरेको भन्दै सभामुख देवराज घिमिरेको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। आफूहरुको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उहाँले आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष लिङदेनले सो प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहो¥याका छन् ।

    उनले भने, भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानविनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं । उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानविन आयोग त गठन हुनुप¥यो नि त । भोली दोषी ठहरियोभने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ । मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेनै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौं । र, आवश्यक प¥यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।

    उनले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १५:१५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij