२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन बिहिबारशेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८.० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोडको शेयर कारोबार भएको छ भने आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ ।
आज म्युच्युअल फण्ड बाहेक सबै समुहका सेयर घटेको छ। विकास बैंक समुह सर्वाधिक २.४३ प्रतितशले घटेको छ भने फाइनान्स १.८३, उत्पादन तथा प्रशोधन १.७१, अन्य समुह १.७१, होटल तथा पर्यटन १.८६, लगानी समुह १.५५.जीवन बीमा समुह १.५४, जलविद्युत १.४३ र माइक्रोफाइनान्स १.३९ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij