Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा


  • 400
    Shares

    स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
    images

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम आज बिहान साढे ९ बजे राखिएको थियो।

    संस्थाले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका बिक्री खुला गर्न गरिएको थियो। यो आइपीओमा २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयर माग भएको थियो।

    कुल मागमध्ये २४ लाख ३६ हजार ३९३ आवेदकबाट परेको २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सदर भएको थियो भने २ हजार ३०० आवेदकबाट परेको ४६ हजार ३० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १९ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये २४ लाख १६ हजार ८७४ आवेदकको हात खाली भएको छ।

    यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। आइपीओ अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धक कम्पनीको वेबसाइटसँगै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np   मा गएर हेर्न सकिन्छ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १०:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij