Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भ्वाइस अफ वागीश्वरीलाई सघाउँंदै नेपाल इको प्यानल

भ्वाइस अफ वागीश्वरीलाई सघाउँंदै नेपाल इको प्यानल


  • 281
    Shares

    • images
    भ्वाइस अफ वागीश्वरीलाई सघाउँंदै नेपाल इको प्यानल
    images

    काठमाडौं । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजनलाई नेपाल इको प्यानलले सघाउन थालेको छ । कार्यक्रममा नेपाल इको प्यानेलले प्रायोजन गरेर सघाउन थालेको हो ।

    प्रत्येक वर्ष हुँंदै आएको भ्वाइस अफ वागीश्वरी यो वर्ष सिजन ४ सुरु भएको छ । यो वर्षको दोस्रो चरणको प्रतियोगिता पनि सम्पन्न भएको छ । ‎कार्यक्रमका संयोजक नवीन्द्रलाल कर्माचार्यका अनुसार दोश्रो चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १५ विद्यार्थीहरूले भाग लिएका थिए । करिब ११ बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । दोश्रो चरणबाट नौ प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएको जनाइएको छ ।

    नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । देशैभरि विभिन्न ठाउँंहरुमार्फत् यसले आफनो उत्पादनहरु विक्रीवितरण गर्दै आएको छ ।

    जनाइए अनुसार दोश्रो चरणको निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगितकार गनुराज राई र गायिका सरिता प्रजापति रहेको थिऐ । ‎यस्तै विशेष अतिथिको रूपमा भक्तपुरका प्रसिद्ध गायक तथा गीतकार लक्ष्मण पलिखेललाई आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि लक्ष्मण पलिखेलले दियौ माया बोलको गीतमा प्रस्तुति पनि दिएका थिए ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १७:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij