२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । निर्माता रामप्रसाद रिजालले चलचित्र ‘काजी’को एक वर्ष अघि नै निर्माणको घोषणा गरेका थिए । तर अभिनेता विपिन कार्कीको व्यस्तताको कारण उनले यो चलचित्रको बल्ल निर्माण सुरु गरेका छन् ।
लक्ष्मण रिजालको निर्देशनमा चलचित्र ‘काजी’को युनिट शनिवार स्याङ्जा पुगेको छ । आइतबार बिहानैबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक लक्ष्मणले राजधानीलाई जानकारी गराए । लक्ष्मण करिब ८ वर्षपछि यो चलचित्रबाट निर्देशनमा फर्केका हुन् ।
छायांकनमा जानु अघि शुक्रवार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा सहित यो चलचित्रको शुभ मुहूर्त गरिएको थियो । चलचित्र ‘काजी’मा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij