Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसपीजी अटोमोबाइल्सद्वारा आईकार भि–२३ सार्वजनिक, मूल्य कति ?

एसपीजी अटोमोबाइल्सद्वारा आईकार भि–२३ सार्वजनिक, मूल्य कति ?


  • 309
    Shares

    • images
    एसपीजी अटोमोबाइल्सद्वारा आईकार भि–२३ सार्वजनिक, मूल्य कति ?
    images

    काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३’ सार्वजनिक गरेको छ । आज गैरीधारास्थित सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’ मा ‘आइकार भि-२३’ सार्वजनिक गरिएको हो ।

    ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ’चेरि ग्रुप’ को हिस्सा हो । जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

    आइकार भि-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ’बेन्चमार्क’ स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । 

    यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ, जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर र विलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।

    नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, भि-२३, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ । अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ ।

    यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ । यो एसयुभिको ७० प्रतिशतभन्दा बढी भाग, हाइ-स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ- रिजिडिटी बडीमा निर्मित रहेको छ ।

    कार्यक्रममा सहभागीहरूले गाडीको ’इन्टेलिजेन्ट टेक विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिएभने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १४:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij