२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।
मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।
सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २ साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।
प्रहरी देख्नसाथ तस्कर फरार भएका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij