Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड

सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड


  • 309
    Shares

    • images
    सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड
    images

    काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६ खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असार मसान्तसम्मको तथ्याङ्कअनुसार यसमध्ये बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ ।

    राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको  प्रतिवेदनअनुसार अघिल्लो वर्ष कुल सार्वजनिक ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.७१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा यो बढेर ४३.७१ प्रतिशत पुगेको छ ।

    आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा ३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ । यसरी यस अवधिमा ८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको हो, जुन कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हो ।

    त्यस्तै, सरकारले चालु वर्षमा १२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ ।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ असार मसान्तमा नेपाल सरकार, प्रदेश र स्थानीय तहका विभिन्न खातामा जम्मा १३० अर्ब ७३ करोड नगद मौज्दात रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो मौज्दात ९३ अर्ब ९६ करोड मात्र थियो ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १६:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij