Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बुङ्गल हाइड्रोले भदौ १६ गतेबाट आइपीओ निष्कासन गर्दै

बुङ्गल हाइड्रोले भदौ १६ गतेबाट आइपीओ निष्कासन गर्दै


  • 1.4K
    Shares

    • images
    बुङ्गल हाइड्रोले भदौ १६ गतेबाट आइपीओ निष्कासन गर्दै

    काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ।

    कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्कास गर्ने अनुमति पाएको थियो। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 

    जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

    त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

    अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ।

    सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्। 

    यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफेटवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्ने छन्।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ११:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij