२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माबिलुङ इनर्जीको आइपीओ आज बाँडफाँट गरिएको छ। कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लािग १०० रुपैयाँ अंकित दरको कुल १२ लाख ४८ हजार ९०४ कित्ता शेयर बिक्री खुला गरेको थियो।
माबिलुङको आइपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा राखिएको थियो। आइपीओ बाँडफाँट साढे ९ बजे गरिएको हो। यो आइपीओमा २२ लाख ५ हजार ८७१ आवेदकबाट कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयर माग भएको थियो।
कुल आवेदकमध्ये २१ लाख ९७ हजार ५८२ जनाबाट माग भएको २ करोड ४४ लाख १२ हजार १७० कित्ता शेयर सदर भएको छ भने बाँकी ८ हजार २८९ जनाबाट माग भएको १ लाख ३६० कित्ता शेयर बदर भएको थियो। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ।
जसमा भाग्यमानी १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप ४ जनाले १–१ कित्ताका दरले शेयर पाएका छन्। बाँडफाँटको नतिजाबमोजिम सदर आवेदकमध्ये २० लाख ७२ हजार ६९२ जनाको हात खाली भएको छ।
उक्त आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। अन्तिम धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij