Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

हास्य कलाकारबाट नायक बन्दै बल्छी धुर्बे, सुरु गरे ‘गोबर गणेश’

हास्य कलाकारबाट नायक बन्दै बल्छी धुर्बे, सुरु गरे ‘गोबर गणेश’


  • 393
    Shares

    हास्य कलाकारबाट नायक बन्दै बल्छी धुर्बे, सुरु गरे ‘गोबर गणेश’
    images

    काठमाडौं । पछिल्लो समय हास्य कलाकारहरूले आफ्नै निर्माण निर्देशनमा चलचित्र बनाउने र सो चलचित्रमा आफू नायक बन्ने क्रम बढेको छ । यही क्रममा हास्य कलाकार मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) पनि चलचित्र निर्माण तथा निर्देशनमा उत्रिएका छन् । उनले आफ्नो नयाँ चलचित्रको नाम ‘गोबर गणेश’ राख्दै यसको मंगलबारबाट छायांकन सुरु गरेका छन् ।

    विगत ६ वर्षदेखि हास्य टेली सृंखला ‘हल्का रमाईलो’ निर्देशन गर्दै आएका मरीचमानले सोही सृंखलाको अनुभवको आधारमा चलचित्र ‘गोबर गणेश’को निर्देशन जिम्मेवारी सम्हालेको बताएका छन् । यो चलचित्रको छायांकन सुरु गर्नु अघि मंगलबार काठमाडौँको म्हेपी मन्दिर परिसरमा शुभ मुहूर्त गरिएको थियो । सोही मुहूर्त समारोहमा मरीचमानले आफू यो चलचित्रको निर्माता निर्देशकसँगै शीर्ष अभिनेतासमेत रहेको बताए ।

    यो चलचित्रमा मरीचमानसँगै अभिनेत्री वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, सीतादेवी तिमल्सिना, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, पुजन घिमिरे (पुकु) लगायतका कलाकारको अभिनय रहेको छ ।

    काठमाडौँबाट छायांकन सुरु भएको चलचित्रको केही दिन काठमाडौँमै छायांकन गरिने छ । त्यसपछि बाँकी छायांकनको लागि चलचित्र युनिट पोखरा लगायतका स्थानमा जाने पनि निर्देशक मरीचमानले जानकारी गराए । उनका अनुसार यो चलचित्रको छायांकन सेड्युल ३५ दिनको राखिएको छ ।

    बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रलाई आगामी १ माघमा रिलिज गर्ने घोषणा गरिएको छ । मेरी बास्सैबाट हास्य कलाकारको रुपमा उदाएका मरीचमानले चलचित्र ‘गोबर गणेश’को छायांकनमा आफू व्यस्त भए पनि आफ्नो दुई चर्चित टेली सृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ नियमित रुपमा दर्शकमाझ आउने पनि बताएका छन् ।

    यो चलचित्रमा योगेश काजी शाहको पाश्र्व संगीत, शंकर पाण्डेको प्रोडक्सन व्यवस्थापन, शिवराम श्रेष्ठको छायांकन, विपीन मल्लको सम्पादन रहने छ । यो चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्ने पनि मरीचमानले जानकारी गराएका छन् ।

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - ०८:१६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij