२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । तारकेश्वर बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।
विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती शर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij