Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नाडा अटो शो : नामी–०६ एसयूभी अब नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

नाडा अटो शो : नामी–०६ एसयूभी अब नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


  • 351
    Shares

    नाडा अटो शो : नामी–०६ एसयूभी अब नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । ‘नाडा अटो शो २०२५’ नामी ब्रान्डको नयाँ नामी-०६ एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ ।

    एमएडब्लु वृद्धिले ‘नाडा अटो शो २०२५’ मा यस गाडीको भव्य रुपमा सार्वजनिक गरेको हो । नामी-०६ एसयूभीको ई-१ र ई-२ प्लस नामक दुई भेरियन्ट उपलब्ध रहेका छन । यस मूल्य भने ३७ लाख ९९ हजार रुपैयाँदेखि ४० लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।

    नामी-०६ मा ४४.९४ किलोवाट आवर ब्याट्री ई.१ भेरियन्टमा राखिएको छ । ५१.८७ किलोवाट आवर ब्याट्री ई-२ प्लस भेरियन्टमा उपलब्ध रहेको छ भने गाडीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, र उचाइ १६४५ एमएम रहेको छ । 

    यस एसयूभीमा अत्याधुनिक १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, र भ्येन्टिलेटेड सिट जस्ता सुविधाहरू छन् । एडास सुरक्षा सुविधासहित यसमा प्यानारोमिक सनरुफ, फोल्डेबल सिट, र १२८ रंगमा एम्बियन्ट लाइट पनि उपलब्ध छ । गाडीको डिजाइन र प्रविधी नेपाली सडक र जीवनशैलीको लागि अनुकूल रहेको कम्पनीको दाबी छ ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १८:२१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij