Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै


  • 1.4K
    Shares

    बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो।

    दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको छ। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो। 

    कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुने भएको छ । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी-आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - ११:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij