Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु

विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु


  • 302
    Shares

    विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु

    काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।

    विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन ।

    पूर्ण छात्रवृत्तिको विषयमा पनि आजको बैठकमा प्रतिवेदन पेश हुँदैछ । आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो । तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन सकेको थिएन ।

    निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने धारणा रखिरहेका छन् ।

    छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।

    गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

    विधेयकमा शिक्षक महासंघले पनि असन्तुष्टि जनाएको छ । महासंघले पनि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १६:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij