Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वर्षा सिवाकोटी हिँडेपछि १७ हजार कसो नढाल्लिन् भनेपछि विकासलाई बारबार धम्की

वर्षा सिवाकोटी हिँडेपछि १७ हजार कसो नढाल्लिन् भनेपछि विकासलाई बारबार धम्की


  • 1.5K
    Shares

    वर्षा सिवाकोटी हिँडेपछि १७ हजार कसो नढाल्लिन् भनेपछि विकासलाई बारबार धम्की

    काठमाडौँ । टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर कमेडियन विकास अर्याललाई धम्की आएको छ । 

    कमेडी दरबारका लेखक समेत रहेका अर्यालले पछिल्लो माग्ने राजा चलचित्रको एपिसोडमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका विषयलाई लिएर बारबार धम्कीपूर्ण फोन आएको उनले बताए ।

    विभिन्न अपरिचित व्यक्तिहरूबाट फोन आइरहेको छ । आफ्नो परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका केही संवाद हटाउनुहोस् भन्नुहुन्छ ’ कमेडियन अर्यालले भने,मैले उहाँहरूलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडिकै रूपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

    अर्यालका अनुसार कार्यक्रमको ४३ मिनेटमा बोलिएको 'मलाई समान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो भन्ने कमेडी र ४४ मिनेटमा बोलिएको अर्को संवाद जसमा वर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ’यस्तो लुक्समा हिँडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने संवादलाई लिएर आपत्ति जनाइएको हाे । साथै भिडिओमा ५ हजारको जिम्मा लिएको कुरालाई पनि फाेन मार्फत आपत्ति जनाइएको उनले बताए । 

    कमेडियन अर्यालले हास्य व्यङ्ग्यलाई हास्य–व्यङ्ग्यकै रूपमा लिन आग्रह गरेका छन् । उनले यस विषयमा सामाजिक सञ्जालमा लेखेका छन्, ’कृपया हास्य–व्यङ्ग्यलाई हास्य–व्यङ्ग्यकै रूपमा लिनुहोस्। हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हँसाउनु हो, विवाद ल्याउनु होइन ।’

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - ०७:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij