Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला


  • 694
    Shares

    ४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    मृत भेटिनेमा घोडाघोडी नगरपालिका(७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताएका छन् ।

    उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक(फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

    डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् ।खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी छन् ।

    उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १५:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij