Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी


  • 449
    Shares

    जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

    काठमाडौं । जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका एक जनाको मृत्यु भएको छ।

    परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ

    निर्मलाका श्रीमान ८१ वर्षीय भागीराम वलीको सोही अस्पतालमै उपचार जारी छ । वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी  खाएका थिए।

    त्यसपछि उनीहरु बिरामी परेका थिए। उनीहरु स्थानीय मेडिकलमा उपचारका लागि गएका थिए। त्यहाँ सामान्य उपचारपछि  थप उपचारका लागि साउन २९ गते  राति ९ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।


    घोराहीस्थित प्रतिष्ठानमा उपचारका क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले बताए । शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १४:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij