Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक


  • 834
    Shares

    तीज गीत  ‘छड्के तिलहरी’ सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

    गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश  मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ। आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।

    गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन्।

    ‘छड्के तिलहरी’ सनराइज म्युजिक नामक युट्युबमार्फत सार्वजनिक भएको छ र सार्वजनिक भएको केही समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:३२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij