२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ दिएको छ ।
यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस प्रशासनबिच रोक्ने सहमति भएको थियो ।
सोही अनुसार क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको रजिस्टार कार्यालयले सिफारिस गरेको थियो । तर रजिस्टार कार्यालयले शुल्क वृद्धि रोक्ने निर्णय नभएको जनाएको हो ।
रजिस्टार कार्यालयको जवाफप्रति स्ववियु सभापति विशाल रोकायाले कडा आपत्ति जनाउँदै विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने निर्णय तत्काल सच्याउन आग्रह गर्दै आवश्यक परे आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij