२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै झाक्रीले लेखेकी छन्, ‘हामी त डुब्छौं नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’ उनले सत्यनास हुनबाट जोगिनु छ भने दम्भ त्याग्न नेतृत्वलाई चेतावनीसमेत दिएकी छन्। हिन्दी उखान उदृत गर्दै झाक्रीले लेखेकी छन्, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे। अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली एक पक्षीय रुपमा हिँडेको र पार्टी फुटाउन लागि परेको भन्दै विरोध गरिरहेकी झाक्रीको व्यंग्य पनि ओलीतर्फ नै केन्द्रित छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij