२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सेवाग्राहीको सधैँ चाप हुने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडि हिलोले सडकको अवस्था बेहाल भएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपट्टिको सडक हिलाम्य भएर सेवाग्राही मारमा परेका हुन् ।
यस सडकको अवस्था लामो समयदेखि यस्तै रहेको छ भने दैनिक ३–४ ओटा गाडी हिलोमा फस्ने र कतिपय बाइक–स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij