२०८२ श्रावण २९ गते बिहिवार
काठमाडौं । सरकारले एकसाथ ७२ जना सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।
यो निर्णयले विभिन्न मन्त्रालयका सहसचिवहरु हेरफेर भएका छन्। स्वास्थ्य मन्त्रालयमा सहसचिवहरु हेमराज सुवेदी र निता पोखरेल अर्याललाई सरुवा गरिएको छ। यसअघि सुवेदी राष्ट्रिय योजना आयोग र अर्याल निर्वाचन आयोगमा कार्यरत थिए।
श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। कृष्ण पौडेल रक्षा मन्त्रालय, श्रीराम ठाकुर अख्तियार र बाबुराम गौतम र सृजना थपलिया गृहमन्त्रालयमा सरुवा भएका छन्।
हेर्नुहोस् को कहाँ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij