Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन सक्दैनन्: पूर्ण बस्नेत

राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन सक्दैनन्: पूर्ण बस्नेत


  • 1.3K
    Shares

    राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन सक्दैनन्:  पूर्ण बस्नेत
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारको नेतृत्वले मुलुकलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन् । सरकारले मुलुकलाई सही मार्गनिर्देश गर्न नसकेको भन्दै बस्नेतले सरकारको नेतृत्वप्रति कडा टिप्पणी गरेका छन् ।
     
    बस्नेतले भने, ‘यो मुलुकमा सरकार जनतामाथि शासन, शोषण र दमन गर्नका लागि मात्र बनाइएको हो जस्तो लाग्छ । सरकार बेलगाम छ । जनतामाथि काँडेतार र अङ्कूश लगाउँन तथा मुलुकलाई कमजोर बनाउँन सरकारले कुनै कसर बाँकी राख्ला जस्तो छैन ।’

    बस्नेत मुलुकको मुख्य राजनीतिक दलको नेतृत्वले पञ्चायतकालीन पृष्ठभूमि र दृष्टिकोण बोकेको बताउँछन् । उनी भन्छन्, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अपनाएका छौँ । जनताको चेतना र आकांक्षा एक्काइसौँ शताब्दीको छ । विश्व एआईको दुनियाँमा प्रवेश गरेको छ । तर हाम्रो राजनीतिक नेतृत्वको सोच, विचार र संस्कार शुद्ध सामन्तवादी छ ।’
     
    सत्तारुढ दल आफ्नो कार्यकाल अवधिमा जनताका काममा ध्यान दिनुको सट्टा मिसन २०८४ भन्दै जनतामाथि घात गरिरहेको उनको दाबी छ । उनले भने, ‘चुनावमा जितेर सरकारमा जाने र सरकारमा गएर चुनाव जित्ने मुलुकका मुख्य राजनीतिक दलहरुको आजसम्मको एकमात्र उद्देश्य बन्यो ।’
     
    राजनीतिक प्रणाली, ठीक राजनीतिक नेतृत्व र समग्र राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन नसक्ने उनको भनाइ छ ।

     

     

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १६:१२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij