Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदै

विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदै


  • 1.1K
    Shares

    • images
    विपिन जोशीकी आमा र बहिनी  इजरायल जाँदै
    images

    काठमाडौं ।  प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ ।

    इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो ।

    आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले आगामी सोमबार इजरायल लैजाने तयारी गरेको विपिनका दाइ (ठूलो बुवाका छोरा) किशोर जोशीले जानकारी दिए ।

    ‘एम्बेसीले सोमबारको टिकट काटेको छ । आन्टी (काकी)र बहिनीलाई इजरायल लैजाने भनिएको छ,’ उनले भने, ‘१०–१५ दिन अगाडि बोलाउनुभएको थियो । सबै डकुमेन्ट (कागजपत्र) तयार भइसकेको छ ।’ इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

    ‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना छ,’ विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

    ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

    हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए ।

    हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासको आक्रमणपछि इजरायलमा फसेका नेपाली नागरिक स्वदेश फिर्ता ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैँ राजधानी तेल अविव पुगेका थिए ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - ११:३०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij