२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन् ।
लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतका अनुसार बिगो बमोजिमको रकम २ करोड ७४ लाख ८४ हजार रूपैयाँको प्रभु बैंकको बैंक ग्यारेन्टी समेत लामिछानेले निवेदन साथ बुझाएका छन् ।
‘उहाँले (रवि लामिछानेले) दिनुभएको निवेदन इजलासमा समेत पेस भइसकेको छ । अब अर्को साता पेसी चढेर त्यसमा सुनुवाइ भएर केही आदेश हुनसक्छ होला,’ स्रेस्तेदार बस्नेतले भने, ‘त्यसअघि रेगुलर पेसी तोकिएकोमा उहाँकै कानून व्यवसायीले पेसी स्थगित गर्नुभएको थियो । अब अर्को साता सायद पेसी तोकिन्छ होला ।’
निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij