२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टि३५२एक्स र टि२५२एक्स पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको छ ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टि३५२एक्स उच्च प्रदर्शन र साहसिक क्षमता टि३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू-भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।
टि३५२एक्सका प्रमुख विशेषताहरूमा ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८भल्भ इन्जिन ४०.९ एचपी ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच, र ७ इन्च टिएफटि डिस्प्ले छ ।
साथै उत्कृष्ट ह्यान्डलिङ पिरेली स्कॉर्पियन टायर, युएसडि फ्रन्ट फोर्क, मल्टि९लिकं रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।
मोर्बिडेली टि३५२एक्स शोरूममा मूल्य ९ लाख ९७ हजार रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्स्पो मा २०२५ मा बुक गर्दा मूल्य ९ लाख २३ हजारमा मा पाउन सकिन्छ।
मोर्बिडेली टि२५२एक्स: स्टाइल, सहजता र किफायती मूल्य टि२५२एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । यसका प्रमुख विशेषताहरूमा २४९ सीसी ट्विन–सिलिन्डर, लिक्विड कूल्ड इन्जिन ३३.५ एचपी १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ । साथै १७ इन्च एलोय ह्वील, यूएसडि फ्रन्ट फोर्क, टिएफटि डिस्प्ले उपलब्ध छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij