Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ

५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ


  • 1.2K
    Shares

    ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ

    सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी एक महिलालाई बलात्कार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापति पक्राउ परेका छन्। 

    रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौँको वनस्थलीबाट पक्राउ गरेर सोलुखुम्बु लगेको हो। 

    लिखुपिके-२ निवासी बस्नेतले २०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप छ। आफूविरुद्ध उजुरी परेपछि फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए। 

    बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

    images
    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १०:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij